चार लाख घुस रकमसहित सडक विभागका तीन कर्मचारी पक्राउ

काठमाडाैं | असार ५, २०८०

चार लाख घुस रकमसहित सडक विभागका तीन कर्मचारी पक्राउ

काठमाडौं: ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरीबाट खटिएका टोलीले सडक आयोजनाका व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेललाई घुस रकमसहित नियन्त्रणमा लिएको जानकारी अख्तियारका प्रवक्ता भोला दाहालले दिएका छन् ।

 

सडक निर्माण कार्यको अन्तिम सहजीकरण गरेबापत सेवाग्राहीसँग चार लाख घुस लिएको अवस्थामा आयोगको टोलीले प्रमाणसहित नियन्त्रणमा लिएको हो । 
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्